आदिकवि भानुभक्त क्याम्पसमा हृयाप्पिनेस कार्यक्रम

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा हृयाप्पिनेस कार्यक्रम गरिएको छ । गत बुधवारदेखि क्याम्पसले आफ्ना विद्यार्थी र प्राध्यापक तथा कर्मचारीहरुलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरी मंगलबार सम्पन्न गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आ.व. २०८०/०८१ को व्यास नगरपालिकाको बजेटमा नगर भित्र योग, ध्यान तथा धार्मिक सभा भवन निर्माणका लागि बजेट प्रस्ताव गरेको बताए ।

कार्यक्रममा पेशागत जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दा प्राध्यापक एवं कर्मचारीहरुले दवाव, झमेला र मानसिक तनावबाट ग्रसित हुनपर्ने भएकाले त्यसबाट मुक्त गराउनका लागि यस प्रकारका कार्यक्रमले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

आर्ट अफ लिभिङ इन्टरनेशनल सेन्टर, ब्याङलोर भारतसंग आबद्ध आर्ट अफ लिभिङ्गका मुख्य प्रशिक्षक स्वामी डा. पूणर्तेजजी र हृयाप्पीनेश कार्यक्रमका प्रशिक्षक एवं नेपाल सरकारका उपसचिव उर्मीला काफ्लेले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

६ दिनमा २० घण्टा सञ्चालन गरिएको हृयाप्पिनेस प्रोग्राममा पहिलो चरणमा वि.वि.ए. कार्यक्रममा अध्ययनरत ४६ जना विद्यार्थीहरुको सहभागिता रहेका थिए । दोश्रो चरणको कार्यक्रममा प्राध्यापक/कर्मचारीहरुको सहभागीता रहेका थिए ।

कार्यक्रममा योग, ध्यान, प्रणायम, सुदर्शन क्रिया, वैदिक ज्ञानका विषयमा अभ्यास तथा प्रशिक्षण दिइएको थियो । सो अवसरमा सहभागीहरुले ६ दिनको सिकाइबाट तनाव, चिन्ता र दुःखबाट राहात मिलेको, शरिरलाई स्वास्थ्य राख्न सहज भएको, सृजनात्मक तथा सकारात्मक सोचको विकास भएको, निर्णय क्षमता र आत्मविश्वासमा विकास भएको महसुस गरेको बताएका थिए ।

क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा सहभागिताका लागि प्रति विद्यार्थी १ हजार ५ सय रुपैयाँ स्ववियुले खर्च व्यवस्थान गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker