चैते दशैको अवसर पारि कालिका मन्दिरको उद्घाटन

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिका-४ स्थित शान्ति पार्कभित्र रहेको तनहुँ कालिका मन्दिरको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको कालिका मन्दिर चैते दशैंको अवसर पारि उद्घाटन गरिएको छ ।

मन्दिरको उद्घाटन गर्दै संघीय सांसद कृष्णकुमार श्रेष्ठले मन्दिर क्षेत्रमा थप पूर्वाधार निर्माणको खाँचो रहेको बताए । उनले भने, ‘पर्यटकलाई लोभ्याउन मन्दिरको छेउछाउ थप पुर्वाधारको निर्माण गर्न सके आकर्षण पनि देखिन्छ ।’ पुर्वाधार बिकासका लागि संघ सरकारको तर्फबाट पनि रकम विनियोजन गर्ने बताए ।

यस्तै, गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङले धार्मिक पर्यटकलाई आकर्षण गर्न यस मन्दिरले थप सहयोग पुग्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मन्दिर सञ्चालनको जिम्मा स्थानिय पालिकाले लिनुपर्ने धारणा व्यक्त गरेका थिए । तनहुँ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले मन्दिरलाई धार्मिक पर्यटन विकासमा रुपमा अगाडी बढाउनु पर्ने बताएका थिए ।

एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत शान्ति पार्कभित्र मल्लकालिन प्यागोडा शैलीको मन्दिर करिव ३ करोड रुपैया लागतमा निर्माण भएको जनाइएको छ । तीन तले र ५५ फिट उचाईको मन्दिरमा मन्दिरमा ९ फिट उचाईको गजुर राखिएको छ । यस्तै, एक कार्यक्रमबीच व्यास-४ सिमलटारमा स्थित जानकी आमा समुहले मन्दिरको लागि ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker