तनहुँको आँबुखैरेनीमा सवारी दुर्घटना : धादिङका तामाङको मृत्यु

भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-१ बरादीमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मुग्लिनबाट डुम्रेतर्फ आउँदै गरेको ग२ख १२३५ नम्बरको बसमा सोही दिशाबाट आउँदै गरेको बाप्र०२-०१५प ६२३६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक धादिङको साविक सेमजोङ गाविस वडा नम्बर ३ हाल कायम नेत्रावती डबजोङ गाउँपालिका-४ बस्ने २७ वर्षीय सागर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार धादिङको नेत्रवती डबजोङ गाउँपालिका-२ बस्ने २७ वर्षीय सुरेन तामाङ घाइते भएका छन् । उनको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र बस चालक प्रहरी नियन्त्रणमा छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker