बन्दीपुर अस्पतालमा विस्तारित ओपिडी सेवा प्रभावकारी

बन्दीपुर : बन्दीपुर अस्पतालले सञ्चालन गरेको विस्तारित ओपिडी सेवाबाट एक वर्षमा २४ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्। अस्पतालले वि.सं. २०८२ वैशाख १ गतेदेखि बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा विस्तार गरेपछि यसको प्रभाव उल्लेख्य रूपमा देखिएको हो। एक वर्ष पूरा भएको अवसरमा सार्वजनिक गरिएको वार्षिक तथ्याङ्कअनुसार वैशाखदेखि चैत मसान्तसम्म कुल २४ हजार ३०४ जनाले ओपिडी सेवा लिएका छन् ।

जसमध्ये १२ हजार ८७८ जना (५२.९९ प्रतिशत)ले नियमित समयमा सेवा लिएका छन् भने ११ हजार ४२६ जना (४७.०१ प्रतिशत) ले अतिरिक्त समयमा सेवा लिएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीका अनुसार विस्तारित सेवाले कार्यालय समयमा भ्याउन नसक्ने कर्मचारी, विद्यार्थी, मजदुर, व्यापारी तथा गृहिणीका लागि निकै सहजता प्रदान गरेको छ। उनले भने, ‘एक वर्षको अनुभव उत्साहजनक छ। सेवाग्राहीको चाप हेर्दा सेवा अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजान आवश्यक देखिएको छ ।’

तथ्याङ्कअनुसार असोज र कात्तिक महिनामा अतिरिक्त समयमा सेवा लिनेको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ। हाल अस्पतालले कार्यालय खुल्ने दिन बिहान ७ बजेदेखि १० बजे र दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म तथा सार्वजनिक बिदा र शनिबार पनि बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा प्रदान गर्दै आएको छ । यो विवरण इमर्जेन्सी विभाग बाहेकको हो । विस्तारित ओपिडी सेवाले स्थानीय तहमा स्वास्थ्य सेवालाई पहुँचयोग्य बनाउँदै उदाहरणीय अभ्यासको रूपमा स्थापित हुँदै गएको छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार यस सेवाले व्यस्तताका कारण स्वास्थ्य परीक्षणबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्दै नागरिकलाई सहज उपचारको पहुँच दिलाएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker