व्यासमा सांस्कृतिक सम्पदा खोजी र संरक्षण अभियान : पुरातात्विक सम्पदा एवं ग्रामीण पर्यटन मेलाको तयारी

दमौली : व्यास नगरपालिकाभित्रका सांस्कृतिक तथा पुरातात्विक सम्पदाको खोज, पहिचान, अध्ययन, अभिलेखीकरण र संरक्षण गर्ने उद्देश्यले वडास्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा व्यास नगरपालिका–९ र १३ मा सांस्कृतिक सम्पदाको खोज तथा अध्ययन अनुसन्धान सम्बन्धी वडास्तरीय कोणसभा सम्पन्न भएका छन् । आगामी मंसिर २५ देखि २७ गतेसम्म जिल्ला सभाहलमा आयोजना हुने ‘व्यास पुरातात्विक सम्पदा एवं ग्रामीण पर्यटन मेला–२०८३’ को पूर्वतयारीस्वरूप कोणसभा आयोजना गरिएको हो ।

वडा नं. ९ को गजौडेस्थित वडा कार्यालयको सभाहलमा वडा अध्यक्ष शुरेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले स्थानीय संस्कृति, परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा समुदायको सक्रियता आवश्यक रहेको बताए । मेलाका संयोजक हरिसिं गुरुङले मेलाको उद्देश्य र यसले स्थानीय पर्यटन प्रवद्र्धनमा पुर्याउने योगदानबारे जानकारी गराएका थिए ।

त्यस्तै, वडा नं. १३ को वडा कार्यालयस्थित सभाहलमा कार्यवाहक वडा अध्यक्ष हरिश्चन्द्र पन्थको अध्यक्षतामा कोणसभा सम्पन्न भएको थियो । प्रतिष्ठानका उपकुलपति न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाट वडा अध्यक्ष हड्खलेले गरेका थिए । कार्यक्रममा न्यौपानेले स्थानीय संस्कृति र सम्पदाको संरक्षण तथा पुस्तान्तरणको आवश्यकतामाथि जोड दिए ।

संयोजक गुरुङले मेलाको उद्देश्य र महत्वबारे जानकारी गराएक थिए । दुवै कार्यक्रममा प्राज्ञ देवीबहादुर बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थियो भने प्राज्ञ सदस्य महाप्रसाद हड्खलेले सहजीकरण गरेका थिए ।

वडा नं. ९ मा आयोजित कोणसभामा नगर कार्यपालिका सदस्य ज्ञानुमाया सुनार, वडा सदस्य सन्तोष जिसी र उमा आचार्य, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृतबहादुर थापा, सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक जोहर अलि मियालगायतको सहभागिता थियो ।

त्यस्तै, वडा नं. १३ को कार्यक्रममा जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक तीर्थ बर्देवा, सिद्धबेनी माध्यमिक विद्यालयका प्रधानाध्यापक रोदन थापालगायत शैक्षिक संस्था, आमा समूह, टोल विकास संस्था तथा विभिन्न सामुदायिक संस्थाका प्रमुख र प्रतिनिधिहरू सहभागी थिए ।

वडास्तरमा स्थानीय समुदायसँग छलफल गरी संस्कृति र सम्पदाको पहिचान तथा संरक्षणमा जनसहभागिता बढाउने प्रतिष्ठानको उद्देश्य छ । यस्ता कार्यक्रमले ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको खोजी र अभिलेखीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, पहिचान भएका सम्पदालाई ग्रामीण पर्यटनसँग जोडेर स्थानीय क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य मेलाले राखेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker