आँवुखैरेनीको लोप्राङ गाउँका बासिन्दा बलेनीको पानी उपभोग गर्दै

भञ्ज्याङ न्यूज

तनहुँको आबुँखैरेनी गाउँपालिका-४ स्थित लोप्राङ्ग गाउँमा यति बेला खानेपानीको हाहाकार भएको छ । छिम्केश्वरी मोटरबाटो निर्माणका क्रममा बासपानीमा रहेको खानेपानीको मुल पुरिएपछि सो गाउँमा खानेपानीको हाहाकार भएको हो।

बर्षायामसंगैं खानेपानीको हाहाकार हुँदा यहाँका स्थानीयहरु पानी परेको बेला बलेनीबाट झरेको पानी संकलन गरी उपभोग गर्न बाध्य भएको स्थानीय सुक बहादुर गुरुङले बताए ।

करिब ३० घरधुरी रहेको उक्त गाउँमा तत्काल तथा दीर्घकालिन रुपमा खानेपानीको समस्या समाधान गर्न सोमबार वडा नं. ४ का वडा अध्यक्ष मिलन भूजेल र गाउँपालिका अध्यक्ष शुक्र चुमानबीच छलफल भएको छ ।

छलफलका क्रममा गाउँपालिकाले तत्काल प्राविधिक/इन्जिनियर पठाएर पहिरोले पाईपमा पुर्‍याएको क्षति वा खानेपानीको टयाङ्की फुटेको हो भन्ने बारेमा र्सर्भे गरी आवश्यता अनुसार, मर्मत गरी खानेपानीको आपूर्ति गरिने वडा नं. ४ का वडाध्यक्ष मिलन भूजेलले जानकारी दिए ।

उक्त गाउँमा खानेपानी योजनाको लागि प्रदेश सरकारबाट १५ लाख बजेट परेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker