हाटबजारमा तरकारी खरिदबिक्री

तनहुँको भानु नगरपालिकाले वडा नं. २ स्थित नारेश्वरटारमा सञ्चालनमा ल्याएको शनिबारे कृषि हाटबजारमा तरकारी खरिद बिक्री गर्दै स्थानीय । नगरपालिकाले स्थानीय कृषि उपजलाई बजारीकरण गर्ने उद्देश्यले प्रत्येक हप्ता शनिबार कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । तस्विर : भञ्ज्याङ










