बन्दिपुरका दुग्ध उत्पादक कृषकलाई अनुदान रकम बितरण

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिकाले वडा नं. १, बेलभञ्ज्याङका दुग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान रकम बितरण गरेको छ । कृषकले उत्पादन गरेका दुधमा प्रति लिटर १.५ रुपैयाँका दरले ९६ हजार ८७ रुपैयाँ अनुदान बितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, वडा नं. १, का वडाध्यक्ष शिव कुमार श्रेष्ठ, सुर्योदय दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रुद्र निधि नैनाबस्ती तथा लेखा संयोजक सुर्य गिरीको उपस्थितिमा किसानहरुलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।

यस्तै, प्रदेश सरकारबाट प्रति लिटर २.४५ रुपैयाँ गरी २ लाख ७६ हजार ३ सय रुपैयाँ सुर्योदय दुग्ध उत्पादक सहकारी संस्थाबाट किसानहरुलाई वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सबै भन्दा धेरै दुध उत्पादन गर्ने किसान भोजनाथ पराजुलीलाई १ लाख ४४ हजार रुपैयाँ अनुदान रकम प्रदान गरिएको उक्त सहकारीका उपाध्यक्ष टिकाराम गिरीले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker