छङ्गेली नेवाः खलःमा नयाँ कार्यसमिति चयन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित छङ्गेली नेवाः खलःमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार सम्पन्न १८औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशनले चुडालाल मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा चन्द्रकुमार कायस्थ, सचिव नारायण मल्ल, सहसचिवमा हर्ष नारायण कायस्थ, कोषाध्यक्षमा बिष्णु कुमार कायस्थ र सह कोशाध्यक्षमा मननारायण श्रेष्ठ छन भने सदस्यहरुमा बिरेन्द्र मल्ल, रामकुमार मल्ल, श्याम मल्ल, भरतकुमार श्रेष्ठ, विष्णु कुमार जोशी, मनकुमारी श्रेष्ठ, देवनारायण श्रेष्ठ र लिलाकुमार श्रेष्ठ चयन भएको बताइएको छ ।
यस्तै, साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै तनहुँ नेवाः खलःका अध्यक्ष क्या. तारालाल मल्लले आफ्ना परम्परागत भाषा, संस्कार, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि हामी आफै एकजुट हुनुपर्ने बताए । उनले सबैले आ-आफ्नो गुठीलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
छङ्गेली नेवाः खलःका अध्यक्ष शेरकुमार कायस्थको अध्यक्षतामा आयोजित साधारणसभामा तनहुँ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष इमकुमार मल्ल, पूर्व अध्यक्ष क्या. सुर्जकुमार मल्ल, गण्डकी प्रदेश नेवाः खलःका सदस्य निर्मला मल्ल, चन्द्र कुमार कायस्थ, नारायण मल्ल, जुननारायण श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए । यस्तै, उक्त अवसरमा छङ्गेली नेवाः खलःका नौ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।