बन्दिपुरका मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा हस्तान्तरण
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिका-२ मुच्चुकको मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा हस्तान्तरण गरिएको छ । रिस्ती विकास समाज तनहुँको समन्वय र स्थानीय कांग्रेस नेता रेशम गुरुङले मुकेन्देश्वरी आमा समुहकी अध्यक्ष शोभा गुरूङलाई नौमती बाजा हस्तान्तरण गरिएको हो ।
संयुक्त राज्य अमेरिकामा रहेका विनोद थापा, तपस भट्टराइ, कुवेतमा रहेका राजेन्द्र बिराइ, काठमाडौंका पूर्णिमा आले र तनहुँका ब्यबसायी पुरुषोत्तम खनालले उपलब्ध गराएको आर्थिक सहयोगबाट आमा समुहलाई नौमती बाजा उपलब्ध गराइएको स्थानीय प्रबिना गुरूङले बताए ।
नौमती बाजा हस्तान्तरण गदैं रिस्ती विकास समाज तनहुँका अध्यक्ष नवीनराज पौडेलले परम्परागत संस्कृति संरक्षण तथा आर्थिक उपार्जनका लागि यो बाजा महात्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे ।










