चुदेर गाउँलाई रोटरी भिलेजको रुपमा बिकास गरिदै

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास-५ स्थित चुदेर गाउँलाई रोटरी भिलेजको रुपमा बिकास गरिने भएको छ । गाउँलाई रोटरी कम्युनिटी कोरको रुपमा बिकास गर्ने उद्देश्यले रोटरी क्लब अफ दमौलीले अमेरिका स्थित रोटरी क्लब अफ होनोलुलु सनसेटको सहयोगमा विभिन्न कार्यक्रमहरु पनि गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा चुदेरमा होमस्टे सञ्चालनार्थ मंगलबारदेखि अतिथि सत्कार तथा हामेस्टे सञ्चालन तालिम सुरु गरिएको छ । रोटरी क्लब अफ दमौली र रोटरी क्लब अफ होनोलुलु सनसेटको आयोजनामा तथा व्यास नगरपालिकाको सहयोगमा होमस्टे सञ्चालन सम्बन्धी पाँच दिने तालिम आयोजना गरिएको हो ।

तालिममा प्रशिक्षकहरूले होमस्टे सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको तयारी, अतिथि सत्कार, स्थानीय उत्पादन तथा बजारीकरण, नेतृत्व बिकास, सरसफाइ खाना बनाउन सिकाउनुका साथै होमस्टे सञ्चालन सम्बन्धी कानुनी तथा अन्य व्यवस्थाहरूबारे पर्यटनविद् हरिसिंह गुरुङ, इन्जिनियर ध्रुव पण्डित लगायतले सहजिकरण गर्ने बताइएको छ ।

स्थानीय ५२ जनाको सहभागीता रहेको तालिम उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रोटरी क्लबले चुदेरलाई पुनःस्थापना गर्ने अभियान थालेको बताए । उनले भने, ‘खानेपानी, सडक लगायतका पूर्वाधारको अभावमा रित्तिएको गाउँ रोटरीको माध्यमबाट पुनःजागरित भएको छ, यसमा तपाइहरुको प्रतिवद्धता पनि उत्तिकै आवश्यक छ ।’

रोटरीले सुरु गरेको अभियानमा स्थानीयको सक्रियता पनि महत्वपुर्ण भएको बताउँदै न्यौपानेले चुदेरलाई पहिलेको भन्दा पनि राम्रो अवस्थामा फर्काउन सबै लाग्न अनुरोध गरे । उनले मानिसहरु सहरी कोलाहलबाट अलग भएर केही क्षण रमाउन चाहन्छन्, त्यसको लागि उपयुक्त गन्तव्य चुदेर पनि बन्न सक्छ, तपाइहरुले मौलिक सभ्यता र संस्कार अनुसार पहुनाको मन जित्ने कोसिस गर्न आग्रह गरे ।

चुदेर गाउँलाई रोटरी भिलेजको रुपमा बिकास गर्न रोटरीले चुदेर एकीकृत बिकास कार्यक्रम सुरु गरेको रोटरी क्बल अफ दमौलीका पूर्व अध्यक्ष हरिसिंह गुरुङले बताए। कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति र पर्यटन क्षेत्रका कार्यक्रमहरु समेटेर एकीकृत बिकास योजना बनाएको उनले बताए ।

सोही योजना अन्तर्गत गाउँको पर्यटकीय सम्भावना र संस्कृतिको उजागर गर्न गाउँमा होमस्टे सञ्चालन गर्न लागिएको उनले बताए । उक्त अभियान अन्तर्गत चुदेरको समग्र बिकासका कार्यक्रमहरु क्रमशः अघि बढीरहेको उनले बताए ।

अभियान अन्तर्गत चुदेरमा रोटरी क्लबले १ करोड बराबरको खानेपानी आयोजना सम्पन्न गरी स्थानीयलाई हस्तान्तरण समेत गरीसकेको छ । चुदेर टोल बिकास संस्थाका अध्यक्ष दलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा व्यास नगरपालिका वडा सदस्य लक्ष्मी वि.क, सचेतना आमा समूहकी अध्यक्ष कमना थापा, रोटरीयन प्रदीप काफले लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker