ऋषिङ गाउँपालिका-१ झापुटारका आठ वर्षीय बालकको इनारमा डुबेर मृत्यु

भञ्ज्याङ न्यूज

इनारमा डुबेर जिल्लामा एक बालकको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका-१ झापुटारका आठ वर्षीय बालकको आइतबार इनारमा डुबेर मृत्यु भएको हो ।

स्थानीय देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

प्रहरीका अनुसार स्थानीयले पानी प्रयोग गर्न खनेको इनारमा डुबेर सख्त घाइते भएका बालकको उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै, व्यास नगरपालिका-२ गणेशमान चोकमा एक बालकलाई ठक्कर दिएर फरार भएको पल्सर मोटरसाइकललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको व्यास नगरपालिका-१३ बेनीकोट घर भएका तीन वर्षीय रोनिक थापालाई ठक्कर दिई फरार रहेको लु७०प ७९३० नम्बरको पल्सर प्रहरीले नियन्त्रणमा लिएको छ ।

ठक्करबाट सख्त घाइते भएका ती बालकको पोखरास्थित गण्डकी मेडिकल सेन्टरमा उपचार भैरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker