म्याग्दे गाउँपालिकाद्वारा दूध उत्पादक र गोरु पाल्ने कृषकलाई अनुदान रकम प्रदान

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनको आधारमा अनुदान रकम उपलब्ध गराएको छ ।
गाउँपालिकाको पशुसेवा शाखाको दूधमा अनुदान कार्यक्रम अन्तर्गत उत्पादनका आधारमा पालिकाले कृषकलाई अनुदान रकम वितरण गरेको हो । गाउँपालिकाले दूध उत्पादक कृषकलाई १४ लाख ९८ हजार ५८२ रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । गाउँपालिकाले प्रति लिटर नौ रुपैँया २० पैसाका दरले उत्पादनका आधारमा अनुदान दिने नीति बमोजिम तीन वटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरेको छ ।
म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने कृषकलाई रु ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई रु दुइ लाख १२ हजार दुइ सय ३२ र साँगे चार हजार दुग्ध उत्पादक सहकारीमार्फ् दूध बिक्री गर्ने कृषकलाई रु एक लाख ६५ हजार १६३ रकम वितरण गरिएको पशु सेवा शाखाले जानकारी दिएको छ ।
म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख ८६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ र साँगे चार हजार दुग्ध उत्पादक सहकारीले १७ हजार ९५२ लिटर दूग्ध उत्पादन गरी बिक्री गरेको हो । यो आर्थिक वर्षमा गाउँपालिकाबाट एक लाख ६२ हजार ८८९ लिटर दूध उत्पादन भएको छ । दूधमा अनुदान कार्यक्रममार्फ म्याग्दे सहकारीका ५५, गौ सेवा सहकारीका १० र साँगे चार हजार सहकारीका २२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
यस्तै, गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई पनि प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि कृषकलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहन स्वरुप रु १० लाख वितरण गरेको छ ।
गाउँपालिकाले हल गोरु पोषण अनुदानवापत सबै वडाका २५० कृषकलाई जनही रु चार हजारका दरले प्रोत्साहन रकम वितरण गरेको हो । प्रोत्साहन रकम पाएपछि लम्पी रोगबाट प्रभावित भएका पशुहरुको संरक्षणमा सहयोग पुग्ने भन्दै कृषक खुसी भएका छन् ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिनका लागि पनि यो कार्यक्रम ल्याइएको बताए । उनले भने, “प्रोत्साहन रकमले हलगोरु पाल्ने कृषक अझै बढ्ने विश्वास लिएका छौँ । गोरु पाल्ने क्रम बढ्दा खेतबारी बाँझो रहँदैन ।”
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पालनपोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिए । गाउँपालिकाले दुइ हजार १९८ पशुलाई लम्पी स्कीन विरुद्धको खोप लगाइसकेको छ । पशुसेवा शाखा प्रमुख डा शाहका अनुसार गाई, गोरु, भैँसी, राँगालाई उक्त खोप लगाइएको हो । त्यस्तै ५१७ पशु वस्तुको उपचार गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker