तनहुँ चेम्बर अफ कमर्सको अध्यक्षमा अधिकारी चयन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ चेम्बर अफ कमर्सको अध्यक्षमा खेमराज अधिकारी चयन भएका छन् । बन्दिपुर गाउँपालिका-५ स्थित मर्स्याङ्दी रिसोर्टमा शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट कमर्सको वरिष्ठ उपाध्यक्षमा कविराज श्रेष्ठ, उपाध्यक्षमा पूर्ण श्रेष्ठ र मनोज अधिकारी, महासचिवमा विष्णु पराजुली, सचिवमा किशोर खनाल, सहसचिवमा नगेन्द्र पौडेल, कोषाध्यक्षमा विन्दुलाल श्रेष्ठ र सहकोषाध्यक्षमा दानबहादुर र्घर्ती चयन भएका छन् । कमर्सका निवर्तमान अध्यक्ष महेन्द्रमोहन भट्टराइको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सल्लाहकार शंकरनारायण श्रेष्ठले उद्घाटन गरेका थिए ।










