आठौं तनहुँ महोत्सव : मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउँछ

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा आठौं तनहुँ महोत्सव २०७८ सुरु भएको छ । कोरोना कहरका कारण दुइवर्षदेखि सञ्चालन हुन नसकेका मेला महोत्सव तनहुँमा सञ्चालन हुन थालेका छन् ।

तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, संघीय सांसद तथा कांग्रेसका केन्द्रीय सदस्यहरुको भीड लागेको थियो ।


महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । ‘कोभिडले थला परेको अर्थतन्त्र चलायमान बनाउन स्थानीय स्तरमा आयोजना हुने मेला महोत्सवले सहयोग पुग्छ’, प्रधानमन्त्री देउवाले भने, ‘आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि मेला महोत्सव सार्थकसिद्ध हुनछन् ।’

महोत्सव उद्घाटन समारोहमा स्वागत नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकारहरु । तस्विर : नारायण/भञ्ज्याङ

‘कोभिडले दुइ वर्षदेखि रोकिएका मेला महोत्सव सञ्चालन हुनु अर्थतन्त्रका लागि राम्रो हो’, उनले भने, ‘हरेक नेपालीलाई कोभिड खोप लगाइएकाले नेपालीमा आत्मबल बढेको छ । स्थानीय स्तरमा उत्पादन हुने वस्तुको प्रचारप्रसार र बजारीकरणमा महोत्सवले सहयोग पुर्‍याउनु पर्छ ।’


महोत्सव उद्घाटन समारोहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै आम्दानी र रोजगारीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसूँ बसूँ बनाउनुपर्ने बताए । तनहुँमा विकासका काम अलपत्र परेको बताउँदै पौडेलले अलपत्र परेका कामलाई निरन्तरता दिनुपर्ने अवस्था आएको उल्लेख गरे ।


नेता पौडेलले नेपालको विद्युत विकास गरेर नेपालको गरिविलाई उन्मुलन गर्ने, गरिविलाई हटाउने एउटा महत्वपूर्ण अनुदान सहयोग एमसिसि दृढतापूर्वक पारित गरेर छोड्ने अठोट गरेको प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका थिए ।


एमसिसिको पक्षमा पहिला कसैले बोल्न आँट नगरेको र एमसिसि राष्ट्रघाति हो, यो एमसिसि के के हो भन्दै दुनियाभरको प्रचार गरिएको भन्दै नेता पौडेलले त्यस्तो अवस्थामा एमसिसिको पक्षमा खुल्ला रुपमा पास गर्नुपर्छ भनेर मैले जनमत सृजना गर्न मुख खोलेको, मुख खोल्न नसकेकाहरुको पनि मुख खुलाइदिएको भन्दै आफैलाई धन्यवाद दिएका थिए ।


यस्तै, आठौ तनहुँ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र अहिले संयुक्त गठबन्धनको सरकार रहेको हुँदा चुनावमा पनि गठबन्धन कायम रहोस भन्ने जनताको चाहाना रहेको बताए ।


गठबन्धनले संविधानको रक्षा गर्‍यो, लोकतन्त्र जोगायो, संसद जोगायो आगामि चुनावमा पनि गठबन्धन कायम रहोस भन्दै मन्त्री श्रेष्ठले संसद विरोधी, संविधान विरोधी, अग्रगमन विरोधी व्यक्तिहरुलाई प्रयास्त गर्न अबको निर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार बनाउने प्रयास गर्न आग्रह गरेका छन् ।


उनले यही गठबन्धनले सुशासनको प्रत्याभूति, आत्मनिर्भर औद्योगिक विकास र समृद्ध राष्ट्र बनाउँदै अर्थतन्त्रको विकास, रोजगारीको वातावरण सृजना गर्ने दाबी गर्दै कृषिको आधुनिकिकरण, व्यवसायीकरण, जलश्रोत र उर्जाको बहुआयमिक विकास, पर्यटन प्रवर्द्धन र मानव संशाधनको विकास गर्न गठबन्धन सरकार सफल हुने बताए ।


मन्त्री श्रेष्ठले स्वदेशी तथा बाहृय लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै वर्तमान सरकार विकास र समृद्धिको पक्षमा लागिपरेको बताए । वैदेशिक रोजगारीमा भएका बेथिती हटाउन आफू लागिपरेको बताउँदै मन्त्री श्रष्ठले देशभित्रै रोजगारीको सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे ।


आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रबर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए ।

चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य छ । साथै महोत्सवमा ६ करोड रुपैयाँ बराबरको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।


ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रुपले सम्पन्न ग्रामीण वस्तीको प्रबर्द्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउने योजना छ । महोत्सव अवलोकनका लागि दर्शकलाई मानुङकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँ लगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ ।

महोत्सव उद्घाटनका अवसरमा जिल्लामा रहेका विभिन्न समुदायले आफ्नो पहिचान झल्कने भेषभूषामा सजिएर साँस्कृतिक झाँकी प्रदर्शन गरी दमौली बजार परिक्रमा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker