गौशालामा गाई

तनहुँको व्यास नगरपालिका-१० शिशुवा भतेरी स्थित गौ सरंक्षण केन्द्रमा रहेका गाईहरु । छाडा पशुचौपाय नियन्त्रणका लागि नगरपालिकाले तयार गरेको यस केन्द्रलाई पञ्चकाव्य अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आवश्यक अध्ययन अगाडि बढाइएको छ । यस केन्द्र पछिल्लो समय गिद्ध संरक्षण तथा अध्ययन स्थलका रुपमा पनि विकास हुँदै गएको छ । तस्विर : भञ्ज्याङ










