बाबियो रोपेर राष्ट्रिय भू-संरक्षण दिवस मनाइयो

भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय भू-संरक्षण दिवसका अवसरमा तनहुँमा बाबियो रोपण गरी मनाइएको छ । ‘जलवायु अनुकुलनको आधार : व्यवस्थित र एकीकृत जलाधार’ भन्ने नाराका साथ बाबियो रोपण तथा अन्तरक्रिया गरी दिवस मनाइएको हो ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहयोगमा व्यास-१ अमिलीभञ्ज्याङ स्थित भादगाउँ खानेपानीको निर्माणाधिन ट्याङ्की आसपासको क्षेत्रमा बाबियो रोपण गरिएको थियो ।

बाढी, पहिरो, भू-क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउन एवं भू-क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको तनहुँका वरिष्ठ भू-संरक्षण अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए ।

विभागको स्थापनासँगै जिल्लास्तरमा भू-संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । विसं २०३१ देखि ‘भू-संरक्षण दिवस’का रूपमा मनाउने गरिएको पाइन्छ । भू-तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू-संरक्षण दिवस’का रूपमा मनाउने गरिएको उनले सहभागिलाई जानकारी गराए ।

‘वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा रहेको छ’, वरिष्ठ भू-संरक्षण अधिकृत अधिकारीले भने, ‘संवेदनशील भू-धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नुपरेको छ ।’

भादगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिज बहादुर दरै, उपभोक्ता समितिका पदाधिकारी तथा विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागितामा निर्माणाधिन खानेपानी ट्याङ्कीको क्षेत्रमा बाबियो रोपण गरिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको प्रशासन अधिकृत श्रीकान्त न्यौपानले जानकारी गराए ।

नेपालमा भू-संरक्षणको महत्वलाई समझाउनका लागि ‘राष्ट्रिय भू-संरक्षण दिवस’ मनाउँदै आइएको छ । यस दिवसको महत्व नेपालको भू-संरक्षण सम्बन्धी सचेतना बढाउन र सर्वसाधारणलाई भूमि संरक्षणको महत्वपूर्णता बुझाउन सहज हुने विश्वास गरिएको छ ।

नेपाल एक पर्यावरणीय धरोहर र विविधता संग्रहणका लागि प्रसिद्ध देश हो । जसमा प्राकृतिक सौन्दर्य र समृद्ध जलवायु विशेषतः समाहित छ । तर, अव्यवस्थित विकास, भूकम्प, अनैतिक वनस्पति तथा पशुप्रजातिहरूको विलुप्ति, जलवायु परिवर्तनका प्रभावका कारण भूमि संरक्षणलाई अत्यधिक महत्व पाउँदै गएको छ ।

नेपालमा अनेक जीवदगी, जैव विविधता, नदी, वन्यजन्तु, वनस्पति आदि आवास गर्ने भूमि संसाधनहरूको अव्यवस्थित प्रबन्धनका कारण विकासले भूमि संरक्षणको प्रमुख चुनौती थप्दै गएको छ ।

राष्ट्रिय भू-संरक्षण दिवसको माध्यमबाट, सरकार र गैर-सरकारी संगठनहरूले विभिन्न कार्यक्रमहरू आयोजित गरेर सर्वसाधारणलाई भूमि संरक्षणको महत्वपूर्णता प्रतिपादन गर्दछन् ।

राष्ट्रिय भू-संरक्षण दिवसले सर्वसाधारणमा भूमि संरक्षणको बारेमा जागरूकता पैदा गर्दछ र उनीहरूलाई स्वयं भूमि संरक्षणमा सहयोग गर्नका लागि प्रोत्साहित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

नेपालको पारिस्थितिकी संरक्षण, जलवायु परिवर्तनका प्रभाव, जैविक विविधता, वन्यजन्तु संरक्षण, जलस्रोत संरक्षण, भू-जलवायु प्रणालीको प्रबन्धन, जलस्रोत व्यवस्थापन, जलवायु अनुकूल प्रणालीको विकास, वनस्पति संरक्षण, समुद्र तथा जलवायु परिवर्तन सहितका पर्यावरण संरक्षणका लागि भू-संरक्षणको पाटो महत्वपूर्ण रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker