दलितका समस्या साझा बनाऔं

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एकिकृत समाजबादीको भातृ संगठन नेपाल उत्पीडित दलित मुक्ति संगठन तनहुँको विस्तारित बैठक गरिएको छ । बैठकमा पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठले दलित समुदायको मुक्ति अभियानलाई निर्णायक बनाउनुपर्ने बताए । उनले दलित समुदायको अधिकारका लागि संविधानमा पर्याप्त नियम बनाईएको बताउदै कार्यन्वयन पक्षमा जोड दिनुपर्ने बताए ।

नेपाल उत्पिडीत दलित मुक्ति संगठनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष कृष्ण नेपालीले नेकपा एमालेमा लागेर जातीय मुक्तिको आन्दोलन कमजोर बन्ने स्पष्ट रहेको बताए । बैठकमा संगठनका केन्द्रीय सचिव सुधिरमान विकले दलित उत्पिडनका मुद्दामा प्रमुख राजनीतिक दलका शिर्षनेताहरुले वेवास्ता गर्ने गरेको गुनासो गरे ।

संगठनका जिल्ला अध्यक्ष तेजबहादुर सुनारको अध्यक्षको भएको कार्यक्रममा नेकपा एस तनहुँ कमिटी अध्यक्ष शंकर नारायण श्रेष्ठ, सचिव श्रीराम कार्की, सदस्य रेशम सेन्चुरी, मुक्ति संगठनका सचिव राजु सुर्खाली लगायतले जातीय उत्पीडनकाको समाधान गर्न सबै वर्ग समुदायको साझा पहल हुनुपर्नेमा जोड दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker