तल्लो गुणादीमा स्कुटर दुर्घटना : आमाको मृत्यु, छोरा गम्भिर घाइते

भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अर्न्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ तल्लो गुणादीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

पोखराबाट दमौली तर्फआउँदै गरेको ग२०प ६३३६ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना४ख ८४४५ नम्बरको बसले ठक्कर दिंदा गम्भिर घाइते भएकी भिमाद-२ की ४० वर्षीया पवित्रा थापाको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी २० वर्षीय सुसिर थापा गम्भिर घाइते भएका र उनको पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने र घाइते सुसिर आमा छोरा भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker