युवाको हत्या आरोपमा तनहुँको शुक्लागण्डकीबाट तीन पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । कर्तव्य ज्यान गरी हत्या गरेको अभियोगमा आज तीन जनालाई इलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय विमल सुनार, शुक्लागण्डकी नगरपालिका–८ बस्ने २५ वर्षीय सुशील विक र शुक्लागण्डकी नगरपालिका–३ बस्ने ४७ वर्षीय होमबहादुर विक रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

ढुङ्गानाको शव शनिबार शुक्लागण्डकी नगरपालिका–४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा भेटिएको थियो । शुक्रबारदेखि हराएका उनको खोज कार्यका लागि प्रहरीले प्रहरीमा निवेदन दिएका थिए ।

प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेकालाई आजै तनहुँ जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker