व्यासमा प्लाष्टिकमुक्त अभियान सम्बन्धी कार्यविधि पारित, जेठ १ गतेबाट कार्यान्वयनमा ल्याइने

भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाले प्लाष्टिक झोलामुक्त अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ । अभियानलाई प्रभावकारी बनाउन आइतबार बसेको नगरकार्यपालिकाको बैठकले प्लाष्टिकमुक्त अभियान सम्बन्धी कार्यविधि २०८१ पारित गरेको छ ।

२०८१ जेठ १ गतेदेखि व्यास क्षेत्रलाई प्लाष्टिक झोला मुक्त अभियान अनुरुप प्रक्रिया अघि बढाइएको व्यास नगरपालिकाले जनाएको छ । व्यास-५ स्थित मानहुँकोट पर्यटकीय क्षेत्रमा घर निर्माण सम्बन्धी मापदण्ड तोकी घर निर्माण प्रकृया खुला गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले निकास नखुलेका घरजग्गा समेटेर मानहुँकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजनाको प्रकृया अघि बढाउने निर्णय गरेको नगरप्रवक्ता एवं व्यास-६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

घर सटरहरुको उठ्न बाँकी भाडा बुझाउन पटक पटक सम्वन्धित भाडामा बसेकाहरुलाई सूचना गर्दा केही घर भाडामा बस्नेहरुबाट भाडा नउठेको भन्दै भाडा उठ्न बाँकी अन्य कोठा, सटरहरुको नियमानुसार प्रकृया अघि बर्ढाई खाली गर्न कार्यालयलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

नगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको अनुमानित आय र खर्च सीमा सम्बन्धमा पूर्व बजेट छलफल कार्यक्रमका लागि जेठ ७ गते नगरसभा कक्षमा सबै नगर सदस्य र सरोकारवालाहरु सहभागी बैठकको आयोजना गरिने भएको छ ।

आ.व. २०८१/०८२ को बजेट तयारी सम्वन्धमा वडागत प्रगतीका सम्बन्धमा छलफल गरी श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको वडागत, शाखागत, कार्यक्रमगत बजेट सीमा सम्वन्धी प्रतिवेदन पारित गर्ने बैठकले निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker