दमौली सहित २२ शहरको भू-इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन

भञ्ज्याङ न्यूज

खानी तथा भूगर्भ विभागले देशभरका २२ शहरको भू-इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ । विभागले देशका विभिन्न भागमा विकसित हुँदै गएको शहरको भू-बनोट कस्तो छ र उक्त स्थानमा शहर बस्न हुन्छ कि हुँदैन भन्ने उदेश्यका साथ प्रत्येक वर्षएक शहरको भू-इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गर्दै आएको हो ।

विभागले हालसम्म काठमाडौँ, पोखरा, बुटवल, भद्रपुर, धरान, जनकपुर, वीरेन्द्रनगर, तुलसीपुर, धनगढी, भैरहवा, टीकापुर, सिन्धुलीमाडी, हेटौँडा, वीरगञ्ज, विराटनगर, दमौली, विदुर, दमक, बनेपा र नारायणघाटको भू-इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ ।

चालू आर्थिक वर्षमा बर्दियाको गुलरिया बजार क्षेत्रमा भू-इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन भइरहेको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले राससलाई जानकारी दिनुभयो । विभागले विसं २०५२ देखि प्रत्येक वर्ष एक शहरको भू-इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गर्दै आएको उहाँको भनाइ थियो ।

“शहरको कुन क्षेत्रमा कस्ता पूर्वाधार निर्माण गर्न सकिन्छ, भन्नेबारेमा हामीले भू-इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गरेर सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई राय, सुझाव दिँदै आएका छौँ”, महानिर्देर्शक घिमिरेले भन्नुभयो । विभागको राय र सुझावलाई स्थानीय तहले कार्यान्वयनमा नल्याउँदा प्राकृतिक विपत्तिका घटनासमेत हुने गरेका छन् ।

विभागले शहरको कुन भागमा विद्यालय, कुन भागमा अस्पताल, कुन भागमा डम्पिङसाइड, कुन भागमा अण्डर ग्राउण्ड पार्किङ बनाउन सकिन्छ भन्नेबारेमा अध्ययन गर्नेछ । यस्तै कुन ठाउँ बाढी, पहिरो र भूक्षयको जोखिम छ भन्नेसमेत अध्ययन हुने गरेको छ । उक्त अध्ययनले शहरी विकासमा समेत सहयोग पुग्ने विश्वास विभागले लिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker