गौहत्या रोक्न माग गर्दै सरकारलाई ज्ञापनपत्र

भञ्ज्याङ समाचारदाता/दमौली

ओमकार परिवार तनहुँले गौहत्या र धर्म परिवर्तन गर्ने क्रियाकलाप रोक्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमार्फत् मंगलबार ओमकार परिवारले ज्ञापनपत्र बुझाएको हो ।
धर्म परिवर्तन गराउने र गौहत्यामा संलग्न रहेका संघसंस्था र व्यक्तिहरुमाथि कारवाही नहुनु सरकारविहिन जस्तो देखिएको भन्दै ज्ञापनपत्रमा दोषीलाई कारवाही गरी अवाञ्छित क्रियाकलाप रोक्न प्रधानमन्त्रीसँग आग्रह गरिएको ब्राम्हण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताए ।
नेवा खल व्यास नगरसमिति, मगर समाज तनहुँ, गुरुङ समाज तनहुँ, दरै समाज तनहुँ, परियार समाज तनहुँ, सुनचाँदी व्यवसायी विश्वकर्मा समाज तनहुँ, वैदिक पुरोहित समाज तनहुँ, वेद अनुयायी प्रतिष्ठान, रानाभाट समाज नेपाल, दशनामी समाज, ठकुरी समाज, क्षत्री समाज, विश्व हिन्दु महासंघ र ब्राम्हण समाज नेपाल तनहुँले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो ।
यस्तै, राप्रपा तनहुँले धरानमा गौबध गरी मासु खाएको घटनामा संलग्नलाई पक्राउ गरी कारवाहीको माग गरेको छ । राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदै मासु खाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्ने र त्यस्तो गर्न पाउनुपर्छ भन्दै खुलेआम चुनौति दिने पक्षलाई सरकारले कारवाही गर्न उदासिनता देखाएको बताए ।
उक्त घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीको गम्भीर ध्यानाकर्षा भएको बताउँदै समाजमा मेलमिलाप र शान्तिको वातावरण कायम गर्न माग गरेको छ । बहुसंख्यक हिन्दु रहेको देशमा सनातन संस्कार मान्दै आएका सनातनी ओमकार परिवारलाई खुला चुनौती दिने, हिन्दुले बनाएको मन्दिरसँगै चर्च बनाउने र त्यसले सिर्जना गर्न सक्ने सामाजिक द्वन्द्वप्रति सरोकार पक्ष र सरकारका निकायले देखाएको निस्त्रिmयताले समग्र हिन्दु धर्मावलम्विहरुको आस्थामाथि गहिरो चोट पुगेको राप्रपाको ठहर छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker