तनहुँ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा भिमलाल निर्वाचित
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा भिमलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । संघको महाधिवेशन अर्न्तर्गत कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकामा अन्य दुइ जनाले उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् ।
निर्वाचन प्रबन्ध समितिका संयोजक डम्बरदेव हड्खलेका अनुसार कोषाध्यक्षका उम्मेदवार प्रकाशचन्द्र हड्खले र राजेश श्रेष्ठको उम्मेदवारी परेकामा उनिहरुले उम्मेदवारी फिर्ता लिएका छन् । श्रेष्ठ संघको थर्पु बजार इकाईका निवर्तमान सभापति हुन् ।
यस्तै, संघको अध्यक्षमा वैकुण्ठनाथ मिश्र र वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल सर्वसम्मत निर्वाचित भएका छन् । संघको प्रथम उपाध्यक्षमा कुमार मल्ल, सुरेश पुरी र राजकुमार श्रेष्ठ (राकु)को उम्मेदवारी परेको छ भने, द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, शिवओम मल्ल र शकुन्तला आलेको उम्मेदवारी परेको छ । यी दुवै पदमा समेत सर्वसम्मत गर्ने गरी प्रयास भइरहेको बताइएको छ ।










