तनहुँमा २८औं विश्व आदिवासी दिवस (फोटोफिचर सहित)

भञ्ज्याङ न्यूज

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् तनहुँले जिल्लाका १० वटै पालिकामा विविध कार्यक्रमको आयोजना गरी २८औं विश्व आदिवासी दिवस मनाएका छन् ।

दिवसका अवसरमा आ-आफ्नो जातीय पहिचान झल्कने भेषभुषामा सजिएर साँस्कृतिक झाँकी प्रदर्शन गरेको थियो । साँस्कृतिक झाँकी सहित बजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।

जनसंख्याको हिसावले महत्वपूर्ण हिस्सा ओगटे पनि आदिवासी जनजातिलाई भाषा, राजनीति, संस्कृति तथा अन्य विभिन्न अवसरहरूमा सीमान्तकृत गरिएको सभामा आदिवासीका अगुवाहरुले बताएका थिए ।

नेपालको हिमाल, पहाड र तराइको मैदानसम्म आदिवासीहरु बसोबास गर्छन । देशको विभिन्न स्थानमा बसोबास गर्ने सबैको आ-आफ्नै संस्कार संस्कृति, भाषाका साथै आफ्नै तौर तरिका र विश्वास प्रणालीहरू छन् ।

संयुक्त राष्ट्र संघको साधारण सभाले सन् १९९९ अर्थात वि.सं. २०४९ लाई विश्व भरि रहेका आदिवासी जनजातिहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा घोषणा गरेको थियो । त्यही वर्षको सम्मेलनले १० डिसेम्बर १९९४ देखि सुरु हुने गरी विश्वका आदिवासीहरूको अन्तर्राष्ट्रिय दशकको रुपमा पनि घोषणा गरेको थियो ।

२३ डिसेम्बर १९९४ मा संयुक्त राष्ट्र संघको महासभाले विश्वका आदिवासी जनजातिहरूको अन्तर्राष्ट्रिय दिवस हरेक वर्ष अगस्ट ९ को दिन अन्तर्राष्ट्रिय रूपमा मनाउनु पर्ने निर्णय गरेसंगै आदिवासी जनजातिहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदै आएका छन् ।

नेपालमा गणतन्त्रको आगमन पछि आदिवासीहरूलाई आधिकारिक रूपमा आदिवासी जनजातिहरूको रूपमा वर्णन गरिएको छ । मुलुकको कुल जनसंख्याको ३५.८१ प्रतिशत आदिवासीहरू बसोवास गर्दै आएको तथ्याङ्क पाइन्छ ।

तनहुँमा पनि अन्य समुदायका तुलनामा मगर, गुरुङ, नेवार समुदायको बाहुल्यता रहेको छ । यस्तै, तनहुँका आठ वटा पालिकाले विश्व आदिवासी दिवसका अवसरमा आज मंगलबार सार्वजनिक बिदा दिएका छन् ।

व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, ऋषिङ, घिरिङ, बन्दिपुर र देवघाट गाउँपालिकाले सार्वजनिक बिदाको निर्णय गरेका हुन् । बिदाका अवसरमा पालिकाका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था लगायत बन्द रहेका थिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker