एसएलसी समुहद्वारा मन्दिरलाई आर्थिक सहयोग

व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालय २०४५ एस.एल.सी समुहले शनिबार चारकुनेमा निर्माणधीन राधाकृष्ण मन्दिरलाई आर्थिक सहयोग गरेका छन् ।
समुहका अध्यक्ष त्रिभुवन श्रेष्ठले मन्दिर निर्माण समितिका संयोजक भरत भण्डारी र नवसिर्जना महिला समुहकी अध्यक्ष शान्ता खवास, कोषाध्यक्ष पार्वती अधिकारीलाई संयुक्त रुपमा रु.५१ हजार १४५ बराबरको चेक हस्तान्तरण गरेका छन् । व्यास–१ चारकुने स्थित नवसिर्जना महिला समुहको सक्रियतामा राधाकृष्ण मन्दिर निर्माण कार्य भैरहेको छ ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका श्रेष्ठले समुहले ०४५ सालको साथीबीच पुर्नमिलन, सामाजिक कार्यका लागि संगठन निर्माण, सामाजिक उत्तरदायित्व पुरा गर्ने लगायतका लक्ष्य लिएर अघि बढेको बताए । ‘साथीभाई मिलेर सामाजिक कार्यमा उत्तरदायित्व बहन गर्दै आएका छौ’, उनले भने, ‘आउँदा दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने योजना बनाएका छौ।”
समुहले १०८ फिट अग्लो व्यास मूति निर्माण, दीर्घरोगीलाई सहयोग, मृर्गौला, क्यान्सर पीडित, आर्थिक अभावमा उपचार गर्न नपाएका परिवालाई आर्थिक सहयोग गर्दै आएको बताएका छन्।
क्रियापुत्री भवन निर्माण, दमौली अस्पताललाई स्वास्थ्य सामाग्री, निर्मल माविमा छात्रबृत्तिका लागि रु.एक लाखको अक्षयकोष स्थापना, कोभिडका समयमा निशुल्क खाना खुवाउन सहयोग गर्नुका साथै खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरेको उनले बताए ।
मन्दिर निर्माण समितिका संयोजक भण्डारीले करिब ६५ लाखको लागतमा आकर्षण मन्दिर निर्माण गरी धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पहलकदमी भएको बताए ।
‘विभिन्न संघसंस्था र व्यक्तिबाट हालसम्म २० लाख संकलन भैसकेको छ’, उनले भने, ‘गण्डकी प्रदेश सरकारबाट १० लाख बजेट बिनियोजन भएकाले ठुलो राहत मिलेको छ ।’
इष्टिमेट अनुरुप अझै रु. ३०/३५ लाख अपुग देखिएको समितिका सचिव ज्ञानेन्द्र जिसीले बताए ।










