म्याग्देमा एकल महिला सशक्तिकरण समिति गठन

भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकाले गाउँपालिका स्तरीय एकल महिला सशक्तिकरण समिति गठन गरेको छ । धनमायाँ आले अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा मधु कुमारी हमाल, सचिव कमला कुमाल, सहसचिव कृष्णा मायाँ बस्याल, कोषध्यक्ष पदम माया थापा रहेका छन् । समितिको सदस्यहरूमा सिर्जना विक, विष्णु लम्साल, कमला परियार, मिश्री परियार, दलमायाँ पुन, लक्ष्मी थापा मगर, सरला अधिकारी, पदिमायाँ क्षेत्री रानाभाट, दुर्गामायाँ घर्ती, कल्पना अधिकारी, जसोदा गुरूङ, इश्वरी श्रेष्ठ, सत्यकला न्यौपाने, बुद्धि माया विक र टुल माया पुन रहेको बताइएको छ ।

समिति गठन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मायादेवी रानाले एकल महिलाको पक्षमा आँफु र आफ्नो पालिका रहेको बताइन् । ‘म पनि एकल महिला हो तर कहिल्यै हिम्मत हारेको छैन’, अध्यक्ष रानाले भनिन्, ‘हिम्मत नहार्नुस हामी साथमा छौँ ।’

अध्यक्ष रानाले नारी दिवसको दिन म्याग्देले एकल महिलाको लागि स्वइच्छा अनुसार रातो टीका र पछेउरा ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको बताइन् । यो हाम्रो ठुलो चुनौतिको काम पनि हो, हामी पुरानो रूढिवादि संस्कारलाई तोड्न चाहेको उनले बताइन् ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले एकल महिलाको समस्यालाई हल गर्न सजिलो होस भनेर समिति गठन गरिएको बताए । म्याग्दे अहिले महिलामैत्री गाउँपालिका भएको र महिला लक्षित कार्यक्रम धेरै भन्दा धेरै ल्याएको घिमिरेले बताए ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष शिवसरण वाग्ले, बसन थापा, प्रेमबहादुर थापा, बद्रीका घिमिरे, चिनिमायाँ आले, राधादेवि घिमिरे, फुलमायाँ नेपाली, पवित्रा खनाल, केशिमाया आले, केसिमाया बराल, निर्मला वाग्ले, आशादेवि गुरूङ, अभिमान सिंह थापा, प्रदिप न्यौपाने लगायतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker