छुट्टाछुट्टै सडक दुर्घटनामा २ जनाको मृत्यु, १० जना घाइते

पृथ्वीराजमार्गको तनहुँ खण्डमा सोमबार र मंगलबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । व्यास नगरपालिका-१२ देउरालीमा सोमबार राती भएको दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास-५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । लु१ख ९८३२ नम्बरको ट्रकसंग ग१८प ९२२५ नम्बरको मोटर साइकललाई ठक्कर खाँदा मोटरसाइकलमा सवार दुबै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

यस्तै, पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटमा मंगलबार दुइ बस एक आपसमा ठक्कर खाँदा दश जना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनीतर्फजाँदै गरेको ना५ख ४९४१ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना५ख ८८३३ नम्बरको बस एक आपसमा ठक्कर खाँदा दुवै बसमा सवार दश जना घाइते भएको बताइएको छ ।

घाइते हुनेहरुमा भानु नगरपालिका-९ बाइसजाँगर बस्ने २७ वर्षीय नविन श्रेष्ठ, गोरखा धुँवाकोट बस्ने ३० वर्षीया हिरा खड्का, भानु नगरपालिका-९ बस्ने २१ वर्षीय अरविन शाही, सोही ठाउँकी ५९ वर्षीया मिना श्रेष्ठ, गोरखा पालुङटार नगरपालिका-५ बस्ने ३५ वर्षीया हर्षिका तामाङ, सोही ठाउँकी ५२ वर्षीया फूलमाया तामाङ, आँबुखैरेनी गाउँपालिका-२ बस्ने २७ वर्षीया निर्मला सुनार, सोही ठाउँका २३ वर्षीय प्रदीप सुनार, बन्दीपुर गाउँपालिका-५ बस्ने ४८ वर्षीया सानुमाया गुरुङ, गोरखा बकराङ बस्ने मेखबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये नविन श्रेष्ठको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि भरतपुर पठाइएको छ भने अन्य घाइते उपचारपश्चात् घर फर्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक निरज डाँगीले जानकारी गराए । ना५ख ४९४१ नम्बरको बस चालक नियन्त्रणमा रहेका छन् भने अर्का बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker