व्यास नगरपालिका-९ कलेस्ती उपत्यकामा एम्बुलेन्स अभियान

- भञ्ज्याङ समाचारदाता (दमौली)
व्यास-९ कलेस्तीको सामाजिक बिकासका लागि गैर नाफामुलक सामाजिक संस्था राजापानी कलेस्ती दिगो समाजले समाजको नागरिकहरुलाइ स्वदेश बिदेश जोडी कलेस्तीकै साझा समस्यामा केन्द्रित भै सहयोग जुटाउने अभियान चलाएको छ । बिगतमा दिलिप खनाल बचाउ अभियानदेखि माझफाँटका पहिरो पीडितलाई केही राहत दिदै श्री राजापानी मन्दिर रङ्गरोगनको लागि पनि आर्थिक सहयोग जुटाइ हस्तान्तरण गरेको बताइएको छ ।
समाजले ब्यास नगरपालिकाको वडा नम्बर ०९ गजौडेमा एम्बुलेन्सको आवश्यकतालाई ख्याल गर्दै अभियान शुरुआत गरेको छ । यो एम्बुलेन्स सेवाले भानु नगरपालिका-१३, ब्यास नगरपालिकाको ०९, ०८ र ०७ का जनतालाई सेवा दिने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको छ ।

समाजले आगामि छ महिना भित्र आवश्यक आर्थिक स्रोत जुटाएर एम्बुलेन्स खरिद गरी स्थानीय सरकारलाई हस्तान्तरण गर्ने समाजका अधयक्ष भक्तबहादुर गोदारले जानकारी गराएका छन् । काठमाडौंमा अध्यक्ष गोदारको अध्यक्षतामा आयोजित भेलाले नेपाल र बिश्वभर छरिएर रहेका कलेस्तीबासी र गैर कलेस्तीबासीलाई समेत यो पुण्य काममा सरिक हुन आग्रह गरेको छ । समितिका सल्लाहकार एबं पूर्व बरिस्ठ प्रहरी उपरीक्षक भिम बहादुर थापा र समितिका अर्का सल्लाहकार बालचन्द्र आचार्यले यो अभियानबाट कलेस्तीबासीले प्रत्यक्ष लाभ पुग्ने बताएका छन् ।
संस्थाको कोषाध्यक्ष रोशन रेग्मी (आर सि रेग्मी)ले यो अभियानको आर्थिक पारदर्शितामा ढुक्क भै सेवामा जुट्न सबैलाई आग्रह गरेका छन् । मन र बिचारपुर्व इमानदारीसाथ अभियान अगाडि बढाएकोले सबैको उत्साह सहयोग र प्रतिबद्धता आएकोमा आफुहरु थप उत्साहित भएको उनले बताए ।










