सामुहिक रुपमा अकबरे खुर्सानी खेती

तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलेका कृषकहरु सामुहिक रुपमा मल्चिङ प्रविधिबाट अकबरे खुर्सानी गर्दै ।
यस वर्ष २२ रोपनी क्षेत्रफलको पाखोबारिमा खुर्सानीका विरुव रोप्ने तयारी गरेका कृषकहरुले आगामि वर्ष खेती विस्तार गरी ४० रोपनी क्षेत्रफलमा खेती गर्ने लक्ष्य लिएका छन् ।
बसाईसराई गरी ऋषिङपाटन, भिमाद, खैरेनीटार, दुलेगौडा लगायतका बजार क्षेत्रमा बसोवास गर्दै आएकाहरुले गाउँमा अर्चले कृषक समूह गठन गरी अकवरे खुर्सानी खेती सुरूवात गरिएको स्थानीय प्रितम गुरुङ (गोरे)ले जानकारी गराए । तस्विर : भञ्ज्याङ