कृषि ज्ञान केन्द्र तनहुँद्वारा कृषकहरु बीच तीज गीत प्रतियोगिता
भञ्ज्याङन्यूज

कृषि ज्ञान केन्द्र तनहुँले कृषि तीज गीत प्रतियोगिता गरेको छ । कृषि पेशाप्रति कृषकको आकर्षा बढाउने उद्देश्यसहित शुक्रबार आयोजित प्रतियोगितामा म्याग्दे गाउँपालिका-७ स्थित वेदकाली कृषि समूह प्रथम भएको छ ।
त्यस्तै म्याग्दे गाउँपालिका-४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादन कृषि समूह द्वितीय, आँबुखैरेनी गाउँपालिका-१ स्थित बहुउद्देश्यीय कृषक समूह तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई पाँच हजाररुपैयाँ, द्वितीय हुने समूहलाई चार हजार रुपैयाँ र तृतीय हुनेलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको ज्ञान केन्द्रका लेखा अधिकृत विजयकुमार श्रेष्ठले बताए ।
प्रतियोगितामा छ समूहको सहभागिता रहेको थियो । सबै सहभागी समूहलाई दुइ हजार रुपैयाँका दरले नगद प्रदान गरिएको छ ।

प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका-९ स्थित समावेशी कृषिक समूह, व्यास नगरपालिका-११ स्थित मूलपानी आइपिएम पाठशाला, शुक्लागण्डकी नगरपालिका-८ स्थित बहुउद्देश्यीय कृषक समूह, आँबुखैरेनी गाउँपालिका-१ स्थित त्रिवेणी एकीकृत कृषक समूह, म्याग्दे गाउँपालिका-७ स्थित बेदकाली कृषि समूह र म्याग्दे गाउँपालिका-४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादन कृषि समूहको सहभागिता थियो ।
प्रथम हुने समूह गण्डकी प्रदेश कृषि विकास निर्देशनालयबाट सञ्चालन हुने कृषि गीत प्रतियोगितामा सहभागी लेखा अधिकृत श्रेष्ठले बताए ।
प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष श्रीराम गन्धर्व, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका संरक्षक विष्णु खड्का क्षेत्रीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विजेतालाई ज्ञान केन्द्रका निमित्त प्रमुख वीरेन्द्र धितालले पुरस्कार वितरण गरेका थिए ।










