गाजा सहित पोखराका दुइ युवा आँवुखैरेनीमा पक्राउ

भञ्ज्याङन्यूज

तनहुँ प्रहरीले गाजा सहित दुइ युवालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट १ किलो ९ सय ग्राम अवैध गाजा सहित युवाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-९ बस्ने २६ वर्षीय सन्जय केसी र सोही ठाउँका २३ वर्षीय इश्वर नेपाली रहेको प्रहरीले जनाएको छ ।

मुग्लिन तर्फाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग२ख ७५७ नम्बरको यात्रुवाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसमा सवार दुइ जनालाई गाजा सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

उनिहरुको साथबाट १ किलो ९ सय ग्राम अवैध गाजा बरामद भएको उनले बताए । दुवै जनाविरुद्ध तनहुँ अदालतबाट बुधबार सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker