कारागारहरु कोरोनाको उच्च जोखिममा : आयोग

विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) कारण कैदी बन्दीहरुको अवस्था बुझन राष्ट्रिय मानव अधिकार आयोगको टोली आज कास्की आइपुगेको छ । पूर्वको इलामबाट कारागारको स्थलगत अनुगमन शुरु गरेको सो टोली झापा, सुनसरी, सिराहा, जुम्ला, कैलाली, कञ्चनपुर र सुर्खेतहुँदै कास्की आइपुगेको हो । अनुगमनका क्रममा कारागारहरुमा कोरोनाको जोखिम उच्च पाइएको आयोगका सदस्य सुदिप पाठकले जानकारी दिनुभयो । ‘कारागारहरुमा क्षमताको दुइ सय प्रतिशतभन्दा बढी कैदीवन्दी राखिएको अवस्था छ’, उहाँले भन्नुभयो, ‘यस्तो व्यवस्थापनमा कोरोना संक्रमणको उच्च जोखिममा कारागार रहेको छ ।’

मुलुकका झण्डै ८० प्रतिशत कारागारका भौतिक संरचना बन्दी राख्नै नहुने अवस्थाका रहेको उल्लेख गर्दै सदस्य पाठकले जीर्ण संरचना एंव क्षमताभन्दा तीन गुना बढी कै
दीबन्दी रहँदा सामाजिक दूरीलगायत स्वास्थ्य मापदण्ड कायम गर्न पनि असहज देखिएको उहाँले बताउनुभयो । ‘अधिकांश कारागारमा आइसोलेसन र क्वारेन्टिन बनाएको देखिएन’, उहाँले भन्नुभयो, ‘मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, आवश्यक्ता अनुसार हात धुने ब्यबस्था वा सेनिटाइजरको प्रयोग गर्ने वातावरण कारागारको भौतिक अवस्थाका कारण हुन सकेको छैन।’

सदस्य पाठकले संविधानले कारागार र कैदीवन्दीका बारेमा स्थलगत अनुगमन गरेर सरकारलाई आवश्यक सुधार गर्न सिफारिस गर्न आयोगलाई जिम्मेवारी दिएको उल्लेख गर्दै मुलुकका ७१ जिल्लाका कारागारको स्थलगत निरीक्षण गरी २४ हजारभन्दा बढी कैदीबन्दीको अवस्थाबारेमा प्रतिवेदन तयार पारेर असोज २८ गते सरकारलाई बुझाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । अनुगमनका क्रममा सिराहा कारागारमा रहेका ५९२ कैदीबन्दीमध्ये ५१९ जना कोरोना संक्रमित भएको र बाँकी रोग नलागेका ७५ जनालाई जोगाउन आइसोलेसनमा राखिएको अनौठो एंव डरलाग्दो अवस्था समेत भेटिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार अनुगमनका क्रममा आयोगले कैदीको अवस्था कस्तो छ ? सामाजिक दूरी कायम गर्ने वातावरण छ कि छैन ? कारागार भित्र संक्रमितलाई राख्ने आइसोलेसन छ कि छैन ? संक्रमितसँगको सम्पर्कमा रहेका तथा वयानमा गएकाहरुलाई फर्किएपछि उनीहरुलाई राख्नका लागि क्वारेन्टिन छ कि छैन ?, कारागारमा रहेकाहरुले मास्क र सेनिटाइजरको प्रयोग गर्छन् कि गर्दैनन् ? गर्दैनन् भने त्यसको कारण के हो लगायतबारे बुझने गरेको छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय र त्यसको प्रमुखका हैसियतले प्रमुख जिल्ला अधिकारीले कारागारको अवस्था सुधारका लागि के प्रयास गरिरहेका छन् ? थुनुवाहरुको वयान लिदा सरकारी वकिलहरुले कस्तो सावधानी र सर्तकता अप्नाएका छन् ? थुनुवाको अवस्था कस्तो छ ? बार र बेञ्चबीचको समन्वय यो बेला कस्तो छ ? भन्नेलगायत बारेमा पनि जानकारी लिने गरिएको छ । सो अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्की कारागारमा प्रशासनले उच्च सर्तकता अपनाएको कारण अहिलेसम्म कैदीबन्दीमा कोरोना संक्रमण नदेखिएको बताउनुभयो ।

कास्की कारागारका जेलर केशव लामिछानेका अनुसार चार सय २० क्षमताको कारागारमा ९३८ जनालाई राखिएका छन् । कारागारका तीन वटा ब्लकमध्ये एउटा महिला र दुइ वटा पुरुष ब्लक बनाएर राख्ने गरिएको छ । केन्द्रीय कारागार विभागको निर्देशन अनुसार कैदीबन्दीका आफन्तजन सँगको भेटघाट बन्द गरिनुका साथै आफन्तले ल्याएको विभिन्न सामग्री र नगद समेत सेनिटाइज गरेर २४ घण्टापछि मात्र सम्बन्धित व्यक्तिलाई दिइने गरिएको उहाँले बताउनुभयो । कारागारभित्र आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन समेत गरिएको उहाँको भनाइ छ । सदस्य सुदीप पाठकको नेतत्वको सो टोलीमा आयोगका अधिकृत तथा निर्देशकसहित पाँच जना, आयोगका गण्डकी प्रदेश प्रमुख दिपकजङ्ग कार्की, पुनरावेदन अदालत बार एसोसिएसनका अध्यक्ष रोहीत बास्तोला, जिल्ला प्रहरी कार्यालयका प्रमुख जीवनकुमार श्रेष्ठ र सञ्चारकर्मी हरि बास्तो-लालगायतको सहभागिता थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker