कालीगण्डकी टारलाई औद्योगिक तथा स्मार्ट सिटीका रूपमा विकास गर्न प्रस्ताव

तनहुँ : तनहुँको ऋषिङ–घिरिङ क्षेत्र तथा नवलपुरसँग जोडिएको कालीगण्डकी टारलाई औद्योगिक तथा स्मार्ट सिटी केन्द्रका रुपमा विकास गर्न प्रस्ताव गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास तथा ऊर्जा तथा जलस्रोत मन्त्रालयमा टीम राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका ई. श्रीराम न्यौपाने नेतृत्वको एक टोलीले कालीगण्डकी टार क्षेत्रमा दिगो औद्योगिक, ऊर्जा तथा शहरी विकासको सम्भावनाबारे सरकारको ध्यानाकर्षण गराउँदै विस्तृत प्रस्ताव सहितको ज्ञापनपत्र बुझाएका छन्।

प्रस्तावका सोचकर्तासमेत रहेका ई. न्यौपानेद्वारा तयार गरिएको योजना–रूपरेखासहितको यस ज्ञापनपत्रमा कालीगण्डकी नदीको दुवै किनारमा फैलिएको १० हजार हेक्टरभन्दा बढी समथर टार क्षेत्रलाई राष्ट्रिय स्तरको उत्पादन क्षेत्र, हरित ऊर्जाको केन्द्र तथा आधुनिक स्मार्ट सहरका रूपमा विकास गर्न आग्रह गरिएको छ ।

भौगोलिक संरचना, कच्चा पदार्थ, ऊर्जा स्रोत, पहुँच, बजार नजिकको दूरी तथा न्यून बसोबास भएका कारण यो क्षेत्र ‘कुमारी भूमी’को रूपमा दीर्घकालीन पूर्वाधार निर्माणका लागि उपयुक्त रहेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा कालीगण्डकी टारलाई उद्योग–व्यापार, ऊर्जा र शहरीकरणका दृष्टिले देशकै केन्द्रीय विकास नोड बनाउन सकिने दाबी गरिएको छ । उत्तर–दक्षिण कालीगण्डकी कोरिडोरको छेउमा रहेको, पूर्व–पश्चिम राजमार्गको मध्यभागमै पर्ने, पोखरा, नारायणगढ, बुटवल, भैरहवा, तिलोत्तमा तथा राजधानी काठमाडौं नजिक पर्ने जस्ता विशेषताले नेपालको नयाँ ‘आर्थिक केन्द्र’ बन्ने आधार तयार रहेको भनिएको प्रस्तावमा उल्लेख गरिएको छ ।

दुबैतर्फ अग्ला पहाड र बीचमा फराकिलो टारको अद्वितीय संरचनाले उद्योग तथा ठूलो पूर्वाधार विकासका लागि सुरक्षा, पानी, जमिन र पहुँच– चारै आधार सहज उपलब्ध गराउन सक्ने जनाइएको छ । धौवदी फलामखानी नजिक भएकाले फलाम प्रशोधन, स्टील, सिमेन्ट र कन्स्ट्रक्सन–मटेरियल उद्योगका लागि आदर्श स्थान हुने प्रस्तावमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा समावेश तथ्यांकअनुसार ऋषिङ–घिरिङ टार क्षेत्रमा अहिले पनि स्थायी बसोबास न्यून, विद्यालयमा विद्यार्थी घट्दै गएको, खानेपानी, स्वास्थ्य, कृषि तथा सेवा सुविधा अपुरो, कृषि–उपयोग लगभग नगन्य भएको कारण यस क्षेत्र अहिले अप्रयुक्त प्राकृतिक सम्पदाको रूपमा रहेको उल्लेख गरिएको छ ।

ई. न्यौपानेको अवधारणा र रूपरेखा आधारित यो ज्ञापनपत्र विभिन्न क्षेत्रका सरोकारवाला, जनप्रतिनिधि, समुदाय अगुवा तथा नागरिक समाजको उपस्थितिमा मन्त्रालयलाई बुझाइएको छ । प्रस्तावित परियोजना तनहुँ–नवलपुर मात्रै होइन, समग्र नेपालको आर्थिक भविष्यका लागि निर्णायक हुने उनले जनाएका छन् ।

ज्ञापनपत्रमा कालीगण्डकी टार क्षेत्रलाई ‘राष्ट्रिय आर्थिक इन्जिन’ बनाउने दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्दै मन्त्रीहरूको गम्भीर ध्यानाकर्षण गराइएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker