आँबुखैरेनी -१ स्थित मित्रता सहकारीको १२औं वार्षिक साधारणसभा सम्पन्न

भञ्ज्याङ समाचारदाता/आँवु

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयफाँट स्थित मित्रता बचत तथा ऋण सहकारी संस्थाले १२औं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ ।
सहकारीको साधारणसभामा आँबुखैरेनी गाउँपालिका-१ का वडाध्यक्ष प्रेमबहादुर गुरुङले संविधान दिवसको अवसरमा संस्थाले वार्षिक साधारण सभा गरेकोमा आभार ब्यक्त गर्दै संविधानले र्सार्थकता पाओस् भन्दै शुभकामना व्यक्त गरे ।
सहकारीका अध्यक्ष रामचन्द्र कँडेलको सभापतित्वमा आयोजित कार्यक्रममा सहकारीले ज्येष्ठ नागरिकलाई सम्मान, विद्यार्थीलाई छात्रवृत्ति, इमानदार सदस्य र कर्मचारीलाई पुरस्कृत एवं सम्मान गरेको थियो ।
कार्यक्रममा गोरखा पालुङटार-८ का वडा अध्यक्ष होपबहादुर नेपाली, शेयर सदस्य बाबुराम नेपाली लगायतकाले शुभकामना व्यक्त गरेका थिए भने संस्थाका अध्यक्ष कँडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका कोषाध्यक्ष ऋषिराम अधिकारीले आर्थिक प्रतिवेदन, उपाध्यक्ष सरस्वती खनालले स्वागत गरेका थिए भने संस्थाका सल्लाहकार अगम अधिकारीले सहजिकरण गरेका थिए । संस्थाले वाषिर्क साधारण सभाका अवसरमा ज्येष्ठ नागरिक ९६ वर्षीया रत्नमाया सार्की, ७३ वर्षीया विष्णुमायाँ न्यौपाने र गणेशमान श्रेष्ठलाई सम्मन गरिएको थियो ।
असल बचतकर्ता, असल ऋणी, उत्कृष्ठ कर्मचारी रचना थापा, मित्रता माविमा एसइइ २०७९ मा उत्कृष्ट अंक प्रप्त गर्ने शेयर सदस्यका छोराछोरी ३ जना विद्यार्थीलाई ५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको लेखा समितिका संयोजक रविन्द्र अधिकारीले जानकारी दिए ।
संस्थाको २९९ शेयर सदस्य छन् । शेयर पूँजि २ करोड २३ लाख ४० हजार ६ सय समेत कूल पूँजि ११ करोड ६८ लाख ४ हजार ४ सय रहेको बताइएको छ । संस्थाले दैनिक बचत, मासिक बचत, विशेष बचत, बाल बचत, ज्येष्ठ नागरिक बचत, महिला बचत, मुद्दती तर्फ बार्षिक र अर्ध वार्षिक बचत लगायतका सेवा प्रवाह गर्दै आएको सहकारीकी ब्यवस्थापक रचना थापाले बताइन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker