डुम्रे साँकृतिक युवा परिवारद्वारा दानबीर दम्पतीलाई सम्मान

तनहुँको डुम्रेमा दानबीर दम्पतीलाई सम्मान गरिएको छ । डुम्रे साँस्कृतिक युवा परिवारले शनिवार एक कार्यक्रमका बीच संस्थाको भवन रहेको १२ आना जग्गा हालको मूल्यांकनमा करिब २ करोडको जग्गा हाल चितवन निवासी ध्रुवलाल पिया र उहाँकी धर्मपत्नी विष्णुदेवी पियाले दान दिनुभएको थियो ।

पिया दम्पतीले डुम्रेको अति महत्त्वपूर्ण जग्गा युवा परिवारको लगाएत डुम्रे प्रहरी चौकी, गाउँसेवा कोष र मन्दिरका लागि पनि दान दिनु भएको छ । यी सबै गरी डुम्रेमा सामाजिक संघ-संस्थालाई गरि करिब ५ करोडको जग्गा दान दिनु भएको बन्दिपुर १ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिनुभयो । दानबीर दम्पतीलाई युवा परिवारले २८औं वाषिर्क साधारणसभा तथा १४ औं अधिवेशन एवं सम्मान कार्यक्रमको अवशरमा सम्मान गरेको हो ।

कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सामाजिक कामका लागि मन फुकाएर जग्गा दान दिनु भएको पिया दम्पती प्रति आभार ब्यक्त गर्दै युवा परिवारले समाजमा खेलेको भूमिका प्रति प्रशंसा गर्नुभयो ।

युवा परिवारका अध्यक्ष कैलास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दानबीर ध्रुवलाल पियाले आफूले दान दिएको संस्थाले प्रगति गरेको देख्न र सुन्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो । वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, राष्ट्रिय भूमि आयोेग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी, वडा नं ४ का वडा सदस्य भिम घले, तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ, डुम्रे टोल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ, युवा परिवारका पूर्व अध्यक्ष शिवकाजी पिया लगाएतले डुम्रे साँस्कृतिक परिवारले कला-सँस्कृति, सचेतनामूलक कार्यक्रम, परोपकार कार्यक्रम, सरसफाइ अभियान, दुर्व्यसनी नियन्त्रण, खेलकूद गतिविधि लगाएतका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

युवा परिवारका उपाध्यक्ष बिक्की गुरुङले स्वागत गर्नु भएको कार्यक्रममा कोषाध्यक्ष बाबुल गुरुङले संस्थाको आय-ब्यय विवरण प्रस्तुत गर्नुभएको सह-सचिव इश्वर नेपालले जानकारी दिनुभयो ।

यस्तै, युवा परिवारको नयाँ नेतृत्व भने चयन हुन सकेन । अध्यक्षमा बिक्की गुरुङलाई सहमति जुटे पनि उपाध्यक्ष पदमा निवर्तमान सचिव शम्भु श्रेष्ठ र निवर्तमान कोषाध्यक्ष बबुल गुरुङ र सचिबमा निवर्तमान सह-सचिव किशोर नेपाल र सदस्य सुनिता शाही बीच सहमति नजुटे पछि अर्को सुचना नआउन्जेल सम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिका संयोजक राजेन्द्र पियाले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker