मुस्लिम संघ तनहुँको नयाँ कार्यसमिति चयन

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल मुस्लिम संघ तनहुँको मंगलबार दमौलीमा सम्पन्न तेश्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले नेक मोहम्मद मियाँको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपसभापतिमा शम्सुदिन मियाँ, मोहम्मद माजिद मियाँ, सचिवमा जब्बारदिन मियाँ, मोहम्मद अली, सहसचिवमा तैयव मियाँ र निजामदिन मियाँ, कोषाध्यक्षमा शेरमोहम्मद मियाँ, सहकोषाध्यक्षमा ताज मोहम्मद मियाँ चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा सविना खातुन, मुवारक मियाँ, मेहबुब बक्स मियाँ, साविर मियाँ, मौलादिन मियाँ, यासिर मियाँ, मन्जिल सेख, हवि मियाँ चयन भएका छन् । अधिवेशनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइले उद्घाटन गरेका थिए । यस्तै, संघको सभापतिमा अरु पनि आकांक्षी भएपनि अन्तिममा मियाँ सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker