अक्षयकोषका लागि अरनिको माविलाई गुरुङद्वारा रकम सहयोग

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढूङ्गा स्थित अरनिको माध्यमिक विद्यालयमा अक्षयकोष स्थपनाका लागि रकम उपलब्ध गराइएको छ । भानु-१३ पयाँस्वारा घर भई हाल पोखरा बस्दै आएका भिमराज गुरुङले विद्यालयलाई १ लाख १ हजार १११ रुपैयाँ उपलब्ध गराएका हुन् ।

विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष समेत रहेको गुरुङका पिता क्या. सन्त बहादुर आमा मनसिरीको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापनाका लागि उक्त रकम सहयोग गरेको विद्यालयका सदस्य संगम सुमिर पियाँले जानकारी गराए ।

विभिन्न महानुभावले विद्यालयमा स्थापना गर्नुभएको अक्षयकोषबाट विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएकोमा आगामि दिनमा उक्त रकमको ब्याज पाठ्यपुस्तक खरिद गर्न प्रयोग गर्ने तयारी गरिएको विद्यालयका प्रधानाध्यापक शैलेन्द्र कुमार शाहले बताए । विद्यालयमा हालसम्म करिब २५ लाख रुपैयाँ बराबरको अक्षयकोषमा रकम संकलन भएको छ ।

विद्यालयले यसै शैक्षिक सत्रबाट प्राथमिक तहमा अंग्रेजी माध्यमबाट समेत पठनपाठन सञ्चालन गर्ने तयारी गरेको र त्यसका लागि आवश्यक पर्ने पाठ्यपुस्तक खरिदका लागि रकम अभाव भइरहेको विद्यालयले बताएको छ ।

विद्यालयले अक्षयकोष स्थापना गर्नेहरुसंग परामर्श गरी उनिहरुको स्वीकृतिमा अक्षयकोषबाट प्राप्त हुने व्याजबाट बालबालिकाका लागि आवश्यक पर्ने पाठ्यपुस्तक खरिद गर्ने योजना बनाएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker