६८औं प्रहरी दिवस २०८० का अवसरमा सर्वसाधारणको स्वास्थ्य परीक्षण

६८औं प्रहरी दिवस २०८० का अवसरमा तनहुँको व्यास नगरपालिका-११ दर्राई पँधेरा स्थित जनकल्याण आधारभूत विद्यालय प्राङ्गणमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा स्थानीय सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजन, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आयोजना र जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग, महिलाहरुमा हुने महिला तथा प्रसुती रोग सम्बन्धी स्वास्थ्य उपचारमा कुल २७८ जना (पुरुष ११८ जना र महिला १६० जना) को स्वास्थ्य परीक्षण सेवा लिइएका थियो । तस्विर : भञ्ज्याङ