थानीमाईलाई फूलको डोली

तनहुँको भानु नगरपालिका-७ वसन्तपुरस्थित प्रसिद्ध धार्मिक स्थल थानीमाई मन्दिरमा मंगलबार फूलको डोली सहित दर्शन गर्न पुगेका भक्तजनहरु ।

सोमबार सत्यनारायणको पूजा गरी मंगलबार मन्दिरमा बाजागाजा सहित भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन् ।

मंसिर महिनाको अन्तिम मंगलबार ४५ वटा फूलको डोली मन्दिरमा चढाइएको छ भने सोमबार साँझ करिब चार सय भक्तजनले जाग्रम बसी बत्ती बालेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

तस्विर : डिपि अधिकारी/भञ्ज्याङ










