तनहुँमा डिजेल चोरी गर्दै गरेको अवस्थामा चार जना पक्राउ

भञ्ज्याङ न्यूज

तनहुँमा डिजेल चोरी गर्दै गरेको अवस्थामा चार जना पक्राउ परेका छन् । ऋषिङ गाउँपालिका-१ झापुटारस्थित तनहुँ हाइड्रोपावरको पेट्रोलपम्पबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा बिहीबार चार जना पक्राउ परेका तनहुँ प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका-४ बस्ने ३६ वर्षीय कृष्णबहादुर रानाभाट, लमजुङ वेशीशहर नगरपालिका-११ घर भई हाइड्रोपावरमा काम गर्ने ४९ वर्षीय साविजङ्ग तामाङ, ऋषिङ गाउँपालिका-७ बस्ने २१ वर्षीय गोरे भन्ने भिमबहादुर थापा मगर र ऋषिङ गाउँपालिका-१ झापुटार घर भई हाइड्रोपावरमा कार्यरत २३ वर्षीय देवन थापा मगर रहेका छन् ।

पम्पमा कार्यरत सावि जङ्ग तामाङ र देवन थापा मगरको मिलेमतोमा एक हजार लिटर डिजेल चोरी गरी चार वटा ड्रममा भरेर ग१त ६५०६ नम्बरको ट्याक्टरमा लैजादै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी झापुटारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

पक्राउ परेकाविरुद्ध बिहीबार तनहुँ जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker