श्रीमती र छोराको हत्या गरेको आरोपमा पक्राउ

काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ । बनेपा नपा–११ बानियाँटोलमा डेरागरी बस्दै आएका धिमिरेलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

उनी बनेपाकै तीनदोबाटोमा फेन्सी पसल व्यवसाय गर्दै आएका थिए । प्रहरीले उनका श्रीमती ३० वर्षीया मनिषा कार्की घिमिरे र छ वर्षीय छोरा युवानलाई गएराति १२ बजे उनी बस्ने डेरामा मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार बेलुका बनेपा नपा–८ करुणामार्गस्थित भित्री गल्लीबाटोमा भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घिमिरेले श्रीमती र छोरालाई नाम नखुलेको विषादी सेवन गराएर डेरा गरी बस्ने कोठाको बाहिरबाट ताल्चा लगाएर हिडेको अवस्थामा स्थानीयवासीले सोधखोज गर्दा ‘हिजो हाम्रो झगडा परेको थियो, पसलतिरै होली’ भन्दै भागेकाले प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले खोजतलास गर्नेक्रममा धिमिरेलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । मृतकको कोठामा विभिन्न प्रकारको विषादी र औषधि फेलापरेको जनाएको छ ।

घिमिरेले आफूले पनि विभिन्न प्रकारका औषधि सेवन गरेको भनेपछि उपचारका लागि उनलाई प्रहरीले आफ्नै नियन्त्रणमा बनेपास्थित शिरमेमोरियल अस्पतालमा भर्ना गराएको छ । घिमिरेको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ ।

घिमिरेले श्रमती र छोरालाई विषादी सेवन गराएको र आफूले पनि सिटामोललगायत विभिन्न थरीका सयभन्दा बढी चक्की औषधि सेवन गरेको प्रहरी समक्ष बताएको छ । मृतक दुवैको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker