दमौलीस्थित व्यासगुफामा सप्ताह ज्ञान महायज्ञ शुरु

दमौली : तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित प्रसिद्ध धार्मिकस्थल व्यासगुफामा बुधबारदेखि सप्ताह ज्ञान महायज्ञ आजबाट सञ्चालन गरिएको छ ।
आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी यहि कातिक २१ देखि २८ गतेसम्म सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको जानकारी गराएको छ । वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय समिति र विश्व हिन्दु महासंघ नेपालले संयुक्त रुपमा विश्व ऊँकार हिन्दु महामिलन पर्वको अवसरमा महायज्ञको आयोजना गरेको हो ।
श्रीमद् भागवात महायज्ञको उद्घाटन समारोहमा आयोजकले बुधवार बिहान ११ बजे दमौली बजार क्षेत्रमा कलशसहितको शोभायात्रा गरिने वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय समितिका अध्यक्ष एवं प्रमुख वाचक कृष्णकान्त काफ्लेले जानकारी दिए ।
उनका अनुसार व्यास क्षेत्रमा निर्माणधीन योग भवन सम्पन्न गर्न, अन्नक्षेत्रमा आश्रित अशक्त, बाहिरबाट आउने पाहुनको सहयोगार्थ अक्षयकोष स्थापना र व्यासभूमिको गरिमा अभिबृद्वि गर्ने उद्देश्य रहेको छ ।
‘आध्यत्मिक सोचले व्यासक्षेत्रको विकास गर्न गतबर्ष देखि महायज्ञको आयोजना गर्दै आएको समितिले जनाएको छ । बालबालिका, बृद्वबृद्वा, असक्त, तीर्थयात्रीलाई निःशुल्क भोजन र बासको व्यवस्था गर्दै आएको छौ’ उनले भने, ‘बाहिर जिल्लाबाट आउने पाहुनालाई तीन दिनसम्म खाने र बस्ने सुविधा प्रदान गर्ने गरिएको छ ।’
बौद्धिक सनातन धर्मको जर्गेना गर्दै व्यासऋषिको तपोभूमिलाई विश्वमाझ पु¥याउन प्रचारप्रसारमा थप टेवा पुग्ने विश्वास लिइएको वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय समितिका संरक्षक दामोदर बाबाले बताए ।
बिहान ६ः३० देखि दिउँसो १२ बजेसम्म भगवत्वपूजा, अर्चना रुद्राभिषेक, जप, हवन श्रीमदभागवत पाठपारायण गरिने भएको छ । दिउँसो १२ बजेदेखि ४ बजेसम्म भागवत रसमर्मज्ञ, विशिष्ट विद्धान तथा सन्तहरुको आध्यात्मिक प्रवचन हुने छ ।
यस्तै, साँझ ५ः३० बजेदेखि हरिनाम संकीर्तन, विभिन्न जातिका मौलिक संस्कार र संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने भएको छ । समितिले आयोजना गरेको महायज्ञबाट योग भवन, अन्नक्षेत्र संचालानार्थ अक्षयकोष पछि बचत हुने रकमले सामाजिक क्षेत्रमा खर्च गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker