तनहुँ प्रहरीद्वारा लागुऔषध र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
भञ्ज्याङ न्यूज
जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध र साधारण चोरी मुद्दाका दुइ जनालाई पक्राउ गरको छ । पक्राउ परेका व्यक्तिलाई तनहुँ जिल्ला अदालत समक्ष पेश गरि कानुनी कारवाही अगाडी बढाएको छ ।
प्रहरीले लागुऔषध मुद्दाका फरार बन्दिपुर गाउँपालिका-१ बेलभञ्ज्याङका २६ बर्षीय सुवास परियार र चोरी मुद्दाका भानुनगरपालिका-८ का २६ बर्षीय किरण तामाङलाई घरबाटै पक्राउ गरेको हो ।
विसं २०७७ चैत्र ८ गतेको फैसलाले एक महिना कैद र दुइ हजार जरिवाना तोकेपछि परियार फरार हुदै आएका थिए । फरार हुदै आएका परियारलाई बिहीबार नै पक्राउ गरी तनहुँ जिल्ला अदालत समक्ष पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
त्यसैगरी चोरी मुद्दाका तामाङलाई अदालतको फैसलाले एक महिना कैद र ३२ हजार एक सय जरिवाना तोकेपछि निज फरार हुँदै आएका थिए । विसं २०७७ चैत्र २३ गते देखि फरार हुँदै आएका तामाङलाई २०७८ साउन ६ गते पक्राउ गरी बिहीबार कैद तथा जरिवाना भुक्तानका लागि अदालतमा पेश गरिएको तनहुँ प्रहरीले जनाएको छ ।










