तनहुँको भानु नगरपालिकामा करको दायरा र आन्तरिक आयका विषयमा छलफल

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट कार्यक्रमलाई लक्षित गरी बुधबार राजश्व अभिवृद्धि सुझाव समितिको बैठक बसि छलफल गरेको छ ।

नगरपालिकाले उठाउँदै आएको करको अध्ययन तथा मुल्याङ्कन, नगरवासीको मौलिक हक प्रतिको करको दायरा, नगरको आन्तरिक स्रोत अभिवृद्धिका अवसर तथा पहिचान लगायतका एजेण्डमा छलफल गरिएको थियो ।

राजश्व समितिका संयोजक उपप्रमुख उमा गोतामेको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नगर प्रमुख आनन्द राज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, भानुका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल लगायतका उपस्थितिमा बसेको बैठकले आन्तरिक आय वृद्धिका लागि करको दर भन्दा पनि दायार बढाउन सुझाएका थिए ।

यस्तै, बैठक पश्चात जिल्ला समन्वय समितिका प्रमुख वाग्लेको नेतृत्वमा डुम्रे-बेसीसहर सडक खण्ड विस्तार कार्यक्रम अर्न्तर्गतको ड्रम्रे-चाम्बास निर्माण कार्यक्रमका अनुगमन तथा निर्माण पक्षका प्रतिनिधि र सडक बिभागका प्रतिनिधिहरुसंग सडक विस्तारको पछिल्लो अवस्थाका विषयमा जानकारी लिइएको थियो ।

अनुगमन टोलीले स्थानीयको समस्या, निर्माण अवधिका चुनौती, कामको गुणस्तरता र सडक खण्डमा पैदल मार्ग र आवश्यक स्लेप निर्माणको पहल आदिको विषयमा नगर प्रमुख त्रिपाठीले ध्यानाकर्षण गराएको भानु-३ का वडा अध्यक्ष तुल कुमार गुरुङले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker