रसियन नागरिकलाई प्याराग्लाइडिङ गर्न रोक

भञ्ज्याङ समाचारदाता/बन्दीपुर

तनहुँको बन्दीपुर गाउँपालिका-२ स्थित भञ्ज्याङमा प्याराग्लाइडिङका लागि आएका रसियन नागरिकलाई रोकिएको छ । सोमबार उक्त स्थानमा प्याराग्लाडिङका लागि अनुमति नलिइकन आएकाले इलाका प्रहरी कार्यालय बन्दीपुरले पाँच जना रसियन नागरिकलाई रोकेको हो ।

प्याराग्लाइडिङका लागि आएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट अनुमति प्राप्त कुनै संस्था मार्फत सबै प्रक्रिया पुरा गरी आउनु पर्नेमा सो नदेखिएकाले निज रसियन नागरिकहरूलाई सबै प्रक्रिया पुरा गरेर मात्रै प्याराग्लाइडिङ गर्न मिल्ने ब्यहोरा जानकारी गराइएको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ । यस्तै, सम्बन्धित निकायबाट अनुमति बिना प्याराग्लाइडिङ र ड्रोन उडान गरेमा कानुन बमोजिम कारबाही हुने प्रहरीले जानकारी गराएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker