पहिरो जाँदा पृथ्विराजमार्गको दमौली डुम्रे सडक खण्ड अवरुद्ध
भञ्ज्याङन्यूज

पृथ्वीराजमार्ग अन्तरगत जिल्लाको व्यास नगरपालिका-१२ स्थित बेलभञ्ज्याङमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ ।

आइतबार करिब साढे १२ बजे सडक माथीबाट पहिरो खस्दा दुई तर्फी सवारी आगमन बन्द भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । उक्त पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।











