भर्ना अभियान र पठनपाठन सुचारु गर्न सामाजिक अभियान्तको आग्रह

दमौली : सामाजिक अभियान्ता सुदीप गफ्फारले तनहुँका सबै पालिका अन्तर्गतका विद्यालयमा भर्ना अभियान सञ्चालन र पठनपाठन सुचारु गराउन माग गरेका छन् ।
उनले बुधबार व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैलाई ज्ञापनपत्र बुझाउँदै तुरुन्तै भर्ना अभियानलाई व्यापक ढंगले सञ्चालन गरी बन्द विद्यालयहरुलाई पुनःसञ्चालनको दिशामा आवश्यक एवं प्रभावकारी कदम चालेर लाखौं विद्यार्थीहरुको भविष्य सुरक्षित गर्न पहल गरिदिन आग्रह गरेका छन् ।
जिल्लाका दशवटै पालिकामा बुझाउने ज्ञापनपत्रमा भनिएको छ, ‘हाल देशभर शिक्षक–शिक्षिकाहरु आ–आफ्ना जायज मागहरू लिएर आन्दोलनरत रहँदा सम्पूर्ण शैक्षिक प्रणाली असहज स्थितिमा पुगेको छ । लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्दै गएको छ, जुन अत्यन्तै दुर्भाग्यपूर्ण, चिन्ताजनक तथा राष्ट्रकै समृद्धि र विकासप्रति प्रतिकूल असर पार्ने अवस्था हो ।’
सरकारी विद्यालयहरु बन्द हुँदा विद्यार्थीहरु शिक्षा जस्तो आधारभूत अधिकारबाट वञ्चित भइरहेको बताउँदै गफ्फारले निजी विद्यालयहरू नियमित रूपमा सञ्चालन भइरहँदा सार्वजनिक शिक्षाको विश्वसनीयता र प्रभावकारिता गम्भीर रूपमा प्रश्नवाचक बन्न गएको उल्लेख गरेका छन् ।
यस्तो अवस्थामा विद्यार्थीहरुको मनोविज्ञानमा गहिरो नकारात्मक असर पर्नुका साथै उनीहरूको शैक्षिक भविष्य अन्धकारतिर धकेलिएको उनको भनाइ छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker