विदेशबाट फर्किएर व्यवसाय गर्नेलाई बन्दिपुर गाउँपालिकाले १ लाख अनुदान दिने

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिका तनहुँले वैदेशिक रोजगारबाट फर्किएर व्यक्तिहरुलाई व्यापार व्यवसायमा पोत्साहित गर्न अधिकतम १ लाख रुपैयासम्म नगद अनुदान दिने निर्णय गरेको छ ।

वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुलाई सुरक्षित आप्रवासन (सामी) तथा पुनःएकिकरण कार्यक्रम अन्तर्गत कृषि, पशुपंक्षीपालन, साना तथा घरेलु उद्योग, व्यापार, व्यवसायका लागि प्रोत्सहान स्वरुप करिव ४० जनालाई अधिकतम नगद रु १ लाख रुपैया सम्म अनुदान दिने निर्णय गरेको हो ।

बन्दिपुरमा सुरक्षित आप्रवासन (सामी) तथा पुनःएकिकरण कार्यक्रम सम्बन्धी जनप्रतिनिधीहरुलाई अभिमुखिकरण कार्यक्रम समेत सोमबार सम्पन्न भएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि चालु आर्थिक बर्षबाट सुरक्षित आप्रवासन कार्यक्रम संचालित गरिएको छ ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा वैदेशिक रोजगार सम्बन्धी बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले सहजिकरण गरेका थिए । सुरक्षित आप्रवासन (सामी) सम्बन्धी क्रियाकलाहरुको प्रगती विवरण कार्यक्रम संयोजक लुना रानाले सहभागिलाई जानकारी गराएकी थिइन् ।

कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुका लागि पुनःएकिकरण कार्यक्रम सम्बन्धी फोकल पर्सन एवं रोजगार संयोजक शरण सिँह गुरुङले जानकारी गराएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker