व्यासको राम्चे चेपाङ बस्तिमा निःशुल्क स्वास्थ्य शिविर

भञ्ज्याङन्यू

तनहुँको व्यास नगरपालिका-११ स्थित राम्चे ओडारेको चेपाङ बस्तिमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । रोटर्‍याक्ट क्लब अफ दमौलीले शनिवार समाधान हस्पिटल प्रालि, दमौली आँखा अस्पताल, ए वान डेन्टल क्लिनिक तथा व्यास डाइग्नोष्टिक प्रालि र रोटर्‍याक्ट त्रिभुवन युनिभर्सिटीको प्राविधिक सहयोग तथा व्यास नगरपालिकाको सहयोगमा शिविर सञ्चालन गरेको हो ।

स्वास्थ्यको सहज पहुँचबाट टाढा रहेका दुर्गम बस्तिमा हरेक वर्ष एक स्वास्थ्य शिविर आयोजना गर्ने योजना अनुसार रोटर्‍याक्टले दुर्गम चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको क्लबका अध्यक्ष अनुज बिमलीले बताए ।

शिविरबाट चेपाङ बस्तीका ११२ जना लाभाविन्त भएका छन्। सो अवसरमा जेनेरल फिजिसियन, आखाँ रोग विशेषज्ञ र दातँ सम्बन्धी विशेषज्ञद्धारा सेवा प्रदान गरिएको उनले बताए । शिविरमा स्वास्थ्य परिक्षणका साथै निःशुल्क औषधी पनि प्रदान गरिएको थियो । साथै शिविरमा निःशुल्क सुगर परीक्षण र ब्लड गुप्र पहिचान समेत गरिएको अध्यक्ष बिमलीले बताए ।

क्लबले “एक घर, एक फर्स्ट एड किट अभियान” भन्ने नाराका साथ ४६ परिवारलाई प्रथामिक उपचार सामग्री हस्तान्तरण गरिएको क्लबका सचिव उमेश पौडेलले जानकारी दिए । चेपाङ परिवार, एक विद्यालय र स्थानीय चर्चलाई प्रथामिक उपचार किट सहयोग गरिएको पौडेलले बताए।

स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेको बस्तिमा सामान्य उपचारको अभाव नहोस् भन्ने उद्देश्यले प्रथामिक उपचार किट हस्तान्तरण गरिएको अध्यक्ष बिमलीले बताए । प्रथामिक उपचारको महत्व र आवश्यकता बुझाउन पनि प्रथामिक उपचार सामग्री सहयोग अभियान सुरु गरिएको उनले बताए ।

शिविरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले चेपाङ समुदाय चेतनाको स्तरमा धेरै पछाडी रहेकाले उनीहरुको स्वास्थ्य, शिक्षा लगायतका आधारभूत आवश्यकतामा पहुँच बढाउन सहयोग गर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker